अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘चार दिनभित्र मेलम्चीको पानी वितरण गर्छौं’

‘चार दिनभित्र मेलम्चीको पानी वितरण गर्छौं’


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चार दिनपछि मेलम्चीको पानी वितरण गरिने बताउनुभएको छ ।

बुधबार नेपाल नगरपालिका संघको २८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले चैत १५ गते मेलम्चीको पानी वितरण गरिने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सरकारले तीव्र गतिमा विकास निर्माणका कार्यलाई तीव्रता दिइरहेको बताउनुभयो । विभिन्न चुनौतीका बाबजुद पनि सरकारले विकास निर्माणले गति लिइरहेको दाबी गर्नुभयो ।

उहाँले स्थानीय तहहरूको भूमिका अत्यन्तै महत्वपूर्ण र असाधरण रहेको बताउनुभएको छ ।

‘स्थानीय तहहरूको भूमिका त हामीले कोभिड-१९ संकटको समयमा थाहा भइसक्यो नि,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘स्थानीय तहहरूको भूमिका अत्यन्तै महत्वपूर्ण र असाधरण छ ।’

उहाँले स्थानीय तहलाई अधिकार सम्पन्न गराउनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले जनप्रतिनिधिका पछिल्ला कामको मुक्तकण्ठले प्रशंसा गर्नुपर्ने बताउनुभयो ।