अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ट्राफिक नियम उल्लंघन गर्ने १ हजार सवारी चालकलाई कारवाही

ट्राफिक नियम उल्लंघन गर्ने १ हजार सवारी चालकलाई कारवाही


काठमाडौं- होली पर्वमा उपत्यकाभित्र जथाभावी रूपमा सवारी साधन चलाउने १ हजारभन्दा बढी सवारी चालकलाई कारवाही गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज होली पर्वका अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई पाङ्ग्रे ९ सय ५० र ५० वटा चारपाङ्ग्रे सवारी साधनलाई कारवाही गरिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले मादक पदार्थ सेवन गरी सवारी चलाउने ५१ जनालाई कारवाही गरिएको जानकारी दिनुभयो ।

साथै, मोटर साइकलमा दुई भन्दा बढी जना राखेर चलाउने, तीव्र गतिमा चलाउने र ठूलो आवाज निकालेर चलाउने चालकलाई कारवाही गरिएको महाशाखाले जनाएको छ । साथै, यस वर्षको होली गत बर्षहरुको तुलनामा कोरोनाका कारण सामान्य रहेको समेत उहाँले जानकारी दिनुभयो ।