अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति र नेता खनालबीच भेटवार्ता, समसामयिक विषयमा छलफल

राष्ट्रपति र नेता खनालबीच भेटवार्ता, समसामयिक विषयमा छलफल


काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

डल्लुस्थित खनाल निवासमा राष्ट्रपति भण्डारी र नेता खनालबीच छलफल भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारी इतिहासविद डा. महेशराज पन्तले स्थापना गर्नुभएको पुस्तकालयको उद्घाटन गर्न डल्लु गएका बेला नेता खनालसँग पनि छलफलका लागि खनाल निवासमा जानुभएको हो ।

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि भारतको दिल्ली जानुभएको थियो ।

उपचार गराई फर्किनुभएपछि उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र समसामयिक राजनीतिक विषयमा परामर्श गर्न राष्ट्रपति भण्डारी खनाल निवासमा जानुभएको बुझिएको छ ।