अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड र नेपाललाई सडक बनाउन २५/२५ करोड रुपैयाँ

प्रचण्ड र नेपाललाई सडक बनाउन २५/२५ करोड रुपैयाँ


काठमाडौं- केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सबै निर्वाचन क्षेत्रका एक/एक सडक शिलान्यास गर्नुभयो । १ सय ६५ वटा निर्वाचन क्षेत्रका १ सय ६५ वटै सडक शिलान्यास गर्दा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल निर्वाचित भएको निर्वाचन क्षेत्रका सडक पनि शिलान्यास भएका छन् ।

धेरैलाई जिज्ञासा छ उहाँहरूले चाहिँ के कस्ता सडक सिफारिस गर्नुभएको छ । नेता नेपालले त सबै निर्वाचन क्षेत्रमा बन्ने रणनीतिक सडक शिलान्यासलाई ‘तमासा’को संज्ञा पनि दिनुभएको छ । तर, उहाँले तमासा भनेको सडकचाहिँ प्राथमिकतामा निर्माण हुने भएको छ ।

माधव नेपाल काठमाडौं क्षेत्र नं २का सांसद हुनुहुन्छ । उहाँले साखुँ-बज्रयोग डाडा कटेरी चौकीभञ्ज्याङ धारापानी पटाप कुण्डेश्वर सिन्धुपाल्चोक सडक सिफारिस गर्नुभएको छ । यो सडकको लम्बाइ १० किलोमिटर र २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी, चितवन ३ का सांसद प्रचण्डले माडी नगरपालिका वरुवा बजार-भैरवपुर पर्साचौक-बैदार चिन्द्रेनी अजिंगरे सहिदपार्क गंगटे १३ किमि सडक सिफारिस गर्नुभएको छ ।

भौतिकपूर्वाधार तथायातायात व्यवस्था मन्त्रालयका अनुसार प्रचण्डले सिफारिस गरेको सडक १० किलोमिटर छ । यस सडकका लागि २५ करोड रुपैयाँ विनियोजन भएको छ ।