कविता
दुख्छ यो मुटु छेडेर मेरो भित्र कहाँ कहाँ
मर्म यो घाउको बुझ्ने शिकारी कुन देशमा ? १
ममा जमेर मायामा माया अर्कै भनाउनु ।
निठुरी बिर्सने माया आँशु थोपा सजाउनु । २
तिम्रो सहरको बाटो काँडा बिज्ने थरी थरी ।
हाम्रो पवित्र मायामा शंका गर्छ्यौ घरी घरी ॥ ३
मेरो आकाश झारेर टुक्रा जोडी रमाउनु ।
मनको फूल भाँचेर तिम्रो केस खुलाउनु ॥ ४
हाम्रो हजार माया हो बिक्री बजारमा भयो।
दिल छ द्वारमा तिम्रो मेरो हार सधै भयो॥ ५
सन्नाटा मनमा छायो मेरो माया टुटोफुटो ।
माया उजाड भो मेरो छाया बन्दै रुदै लुको ॥ ६
छन्द : अनुष्टुप
शब्द : गोपाल प्याकुरेल
अर्भिग्डड्ड, टेक्सास
प्रतिक्रिया