अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 कथाकार परशु प्रधानको निधन

 कथाकार परशु प्रधानको निधन


काठमाडौँ- कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उहाँको हिजो राति आफ्नै निवासमा निधन भएको उहाँका छोरा प्रतीक प्रधानले राससलाई जानकारी दिनुभयो ।

स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गर्नुभएको थियो ।

उहाँका  ‘वक्ररेखा, फेरि आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तराद्र्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया’कथा सङ्ग्रह प्रकाशित कृति हुन् ।