अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजदेखि सुरु हुँदैछ मेरोकित्ता, प्रधानमन्त्रीले उद्घाटन गर्दै

आजदेखि सुरु हुँदैछ मेरोकित्ता, प्रधानमन्त्रीले उद्घाटन गर्दै


काठमाडौं– जग्गाधनीले आफ्नो रेकर्डअनुसारको जग्गाको नक्सा अनुकूल ठाउँबाट आफैं प्रिन्ट गरेर लिन मिल्ने अनलाइन प्रणाली ‘मेरोकित्ता’ सुरु गरेको छ ।

मेरो कित्ता सुरु भएसँगै घर, भवन निर्माण वा खरिदबिक्री प्रयोजनका लागि अब जग्गाधनीले नापी कार्यालय पुगेरै प्रिन्ट नक्सा लिनु नपर्ने भएको छ । सुरुमा यो सेवा काठमाडौं उपत्यकाका अति व्यस्त नापी कार्यालयहरूबाट मात्रै उपलब्ध हुनेछ । यसपछि देशभरका १ सय २६ वटा कार्यालयबाट पनि अनलाइन प्रणाली सुरु हुने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।

विभागले पहिलो चरणमा बिहीबारबाट काठमाडौं उपत्यकाका ८ वटा नापी कार्यालयमा यो सेवा सुरु गर्न लागेको जनाएको छ । मेरो कित्ता अनलाइन प्रणाली एक कार्यक्रमबीच बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्दै हुनुहुन्छ ।

सेवाग्राहीलाई घरमै बसी आफ्नो जग्गासम्बन्धी जानकारी लिन सहज होस् भनेर विभागले ‘नेपाल ल्यान्ड इन्फर्मेसन सिस्टम’ ९एनईएलआईएस० प्रणाली तयार पारेको छ । यसमार्फत सेवाग्राहीले घरमै बसी ‘मेरो कित्ता’ अनलाइन सेवा प्रणालीबाट नक्सा प्रिन्ट, फिल्डबुक प्रिन्ट र राजस्व भुक्तानी गर्न सक्नेछन् ।

कसरी प्राप्त गर्ने ?

सेवाग्राहीले कुनै पनि ब्राउजरबाट ‘मेरोकित्ता।डीओएस।जीओभी।एनपी’ लगइन गर्नुपर्नेछ । यो साइट लगइन गर्दा युजर नेम र पासवर्ड चाहिँदैन । सेवाग्राहीले आफ्नो नाम, सम्पर्क नम्बर, जग्गाधनी पुर्जामा हुने कित्ता नम्बरलगायत विवरणहरू राख्नुपर्ने हुन्छ । प्राप्त विवरणलाई नापी कार्यालयले कारोबार गर्न योग्य छरछैन भनी प्रमाणित गर्छ ।

प्रमाणित भइसकेपछि मेरो कित्ताको साइटमा सेवाग्राहीले राखेको सम्पर्क नम्बरमा अनुरोध पूरा भयो भनी सन्देश जानेछ । त्यसपछि सेवाग्राहीले महालेखा नियन्त्रकको कार्यालयमा अनलाइन प्रणालीमार्फत राजस्व भुक्तानी गर्न आबद्ध जुनसुकै सेवा प्रदायकबाट राजस्व तिर्न सक्छन् । घर बनाउन, बैंकबाट कर्जा लिन होस् वा जग्गाधनीको कुनै व्यक्तिगत प्रयोजनका लागि जग्गाको नक्सा आवश्यक पर्छ र यो सेवा सुरु भएपछि डिजिटल नक्सा नै प्राप्त गर्न सकिन्छ ।

बढी भीड हुने उपत्यकाका प्रत्येक कार्यालयमा करिब साढे ४ लाख कित्ता रहेको तथ्यांक छ ।