अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको फेक डकुमेन्ट प्रकरण : ७ वटा अनलाइनलाई २४ घण्टे स्पष्टिकरण

प्रधानमन्त्रीको फेक डकुमेन्ट प्रकरण : ७ वटा अनलाइनलाई २४ घण्टे स्पष्टिकरण


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको फेक डकुमेन्ट प्रकरणमा प्रेस काउन्सिल नेपालले सात वटा अनलाइनलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

स्पष्टिकरण सोधिएका अनलाइनहरूमा उज्यालो नेटवर्क डटकम, सुदर्शन खबर डटकम, पर्दाफास डटकम, समाचार दैनिक डटकम, नेपालीगाथा डटकम, पलखबर डटकम र कान्तिपथ डटकम रहेका छन् ।

यसैगरी, प्रेस काउन्सिलको सूचीमा नभएका सन्देशप्रभाव डटकम र न्युज८८ पोष्ट डटकमलाई नेपालभित्र कुनै पनि सामग्री सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूर सञ्चार प्राधिकरणलाई पत्र लेखर पठाइएको छ ।

ती अनलाइनले हिजो (बिहीबार) प्रधानमन्त्री ओली र रअका प्रमुखबीच भएको सहमति भनेर भ्रामक समाचार प्रकाशन गरेका थिए ।

काउन्सिलले जारी गरेको ध्यानकर्षण पत्रमा भनिएको छ, ‘अनफिसियल डकुमेन्ट भन्दै सञ्चारमाध्यमको जिम्मेवारीबोध समेत ख्याल नगरी तथ्यहिन,पुष्टि नभएका सामग्री सम्प्रेषण गरी सनसनी गराउने उद्देश्यले  जनमानसमा भ्रम पार्ने,सार्वभौमसत्ता,राष्ट्रियता र स्वाधिनता विरुद्ध सामाजिक सद्भावमामा खलल पुग्ने अन्तर्राष्ट्रिय सम्बन्ध एवं भाइचाराको सम्बन्धमा गम्भीर असर पुग्ने सामग्री प्रकाशन गरेकोले २४ घण्टे स्पष्टिकरण माग गरिएको छ । ’

काउन्सिलले पत्रकार आचार संहिताअनुसार सत्यतथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्नुपर्ने, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, सामाजिक सद्भावमा खलल पार्ने किसिमका कुनै पनि सामग्री सम्प्रेषण गर्न नहुने स्मरण गराएको छ ।