अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारबाट अयोध्या हिँडे राम–सीता

बालुवाटारबाट अयोध्या हिँडे राम–सीता


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडी अयोध्याधाममा स्थापना गर्ने राम(सीताका मूर्ति हस्तान्तरण गर्नुभएको छ ।

अयोध्याधाममा हुने धार्मिक अनुष्ठानका लागि बालुवाटारबाट मुर्ति लगिएको हो । मंगल धुन र पूजापाठबीच प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यसहितको उपस्थितिमा मूर्ति हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा पर्यटन तथा संस्कृतमन्त्री भानुभक्त ढकाल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, सन्तमहन्तलगायतको उपस्थिति रहेको थियो ।

ओलीले नै बनाउन लगाएको भनिएको राम, सीता, लक्षमण र हनुमानका मूर्ति रामनवमीको अवसर पारेर अयोध्याधाममा स्थापना गर्ने कार्यक्रम छ ।

पूर्णकदका ती मूर्तिहरु माडी अयोध्याधाममा वैशाख ८ गते बुधबार अनावरण गर्न लागिएको अयोध्याधाम प्रचारप्रसार समितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।