काठमाडौं– एक नम्बर प्रदेशका मूख्यमन्त्री शेरधन राईले आफ्ने इज्जत लुटेको भन्दै गाली बेइज्जती गर्ने बालिका खड्काप्रति राई पत्नी जाङबुले आपत्ति जनाउनुभएको छ ।
जाङबुले शुक्रबार एक अपिल जारी गर्दै आफ्ना श्रीमानले थोरै गल्ती गरेको भए कानुनको कठघरामा उभ्याउन आफैं लागि पर्ने उल्लेख गर्नुभएको छ । बालिका प्रकरण विगत लामो समयदेखि शेरधनको चरित्र हत्या मात्र नभइ राजनीतिक जीवन समाप्त गर्ने सुनियोजित षडयन्त्र हुदै आएको कुरामा आफू जानकार भएको बताउनुभएको छ ।
‘विना प्रमाण,बिना गल्ती र दोष एउटा महिलाको नाममा यो हद सम्मका महिलाहरु पनि हुँदा रहेछन् भन्ने आम महिलालाई कलंकित पार्ने जुन हर्कत एकजना महिलाले गर्दैछिन् यो ज्यादै दुखद् छ,’ जाङबुले फेसबुकमा लेख्नुभएको छ, ‘मेरो श्रीमानले पीडित बनाएको एउटा सानो मात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कारबाहीको कठघरामा उभ्याउन तयार छु । ’ यस्ता हर्कतले आफू, आफ्ना श्रीमान् र पारिवारिक सम्बन्धमा कुनै असर नपर्ने जाङबुले स्पष्ट पार्नुभएको छ ।
बालिकाले हिजो नेकपा एमालेको मूख्यालय थापाथलीमा शेरधनले आफ्नो इज्जत लुटेको भन्दै तथानाम गालीगलौज गर्नुभएको थियो ।
प्रतिक्रिया