अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धरहरामा ज्यान गुमाएकाका आफन्तलाई रोजगारी दिइने छ : प्रधानमन्त्री ओली

धरहरामा ज्यान गुमाएकाका आफन्तलाई रोजगारी दिइने छ : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले धरहरा ढाल्दा ज्यान गुमाएका व्यक्तिका आफन्तलाई प्राथमिकताका साथ रोजगारी दिइने घोषणा गर्नुभएको छ ।

पुनर्निर्मित धरहराको उद्घाटन कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धरहरामा सिर्जना हुने नयाँ रोजगारीमा अवसर दिइने घोषणा गर्नु भएको हो ।

‘यहाँ कामका अवसरहरू छन्, पार्किङ, गार्डेन लगायतमा सिर्जना हुने रोजगारीका अवसरमा निधन भएका परिवारका १ जनालाई प्राथमिकताका साथ रोजगारी उपलब्ध गराइने छ,’ उहाँले भन्नुभयो ।