अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना कहर-२ : के छ तयारी ‘हटस्पट’मा ?

कोरोना कहर-२ : के छ तयारी ‘हटस्पट’मा ?


वीरगञ्ज– वीरगञ्ज नेपालको दक्षिणी सिमानाको सबभन्दा ठूलो सिमा नाका हो । त्यति मात्र होइन संघीय राजधानीका बासिन्दाको खाद्यान्न, इन्धन लगायत अन्य अत्यावश्यकीय सामग्री आपूर्ति गर्ने सबभन्दा ठूलो नाका । त्यसैले भनिन्छ वीरगञ्जमा थोरै उथलपुथल भइहालेमा त्यसको असर काठमाडौंले पनि व्योहोर्नु पर्दछ । वीरगञ्जलाई कोरोनाले चाप्दै लगेपछि अहिले त्यसका असरहरु काठमाडौंमा देखिन थालेका छन् ।

वीरगञ्ज महानगरका मेयर विजय सरावगीका अनुसार मंगलबार साँझसम्म यो महानगरमा करिब ८ सयजना सक्रिय संक्रमित छन् । पछिल्लो दुई हप्तामा १२ जनाको मृत्यु भएकोमा मंगलबार एकैदिन पाँच जनाको मृत्यु भएर मृतकको संख्या १७ पुगेको छ ।

कोरानाको दोस्रो लहर आएसँगै वीरगञ्ज दोस्रो पटक ‘कोरोनाको हट स्पट’मा बदलिएको छ । वीरगञ्ज महानगरका मेयर विजय सरावगीका अनुसार मंगलबार साँझसम्म यो महानगरमा करिब ८ सयजना सक्रिय संक्रमित छन् । पछिल्लो दुई हप्तामा १२ जनाको मृत्यु भएकोमा मंगलबार एकैदिन पाँच जनाको मृत्यु भएर मृतकको संख्या १७ पुगेको छ । मेयर सरावगीलाई अघिल्लो पटकको कोरोना महामारीले धेरै कुरा सिकाएर गएको छ । भलै उहाँका लागि यो सिकाइ धेरै महंगो भयो । किनकि कोरोनाले नै गत भदौमा उहाँका बुवाको मृत्यु भयो । आफ्नै परिवारका ८ जना संक्रमित हुनुभयो । मेयर सरावगी आफैंलाई कोरोना लाग्यो । निको हुन २३ दिन लाग्यो । ‘अघिल्लो पटक मेरो बुवा जस्तै महानगरका ५३ जना नागरिकले ज्यान गुमाउनुभयो । म जस्तै धेरै जना सिकिस्त बिरामी हुनुभयो । मेरा छिमेकी जस्तै धेरै जनालाई हात मुख जोड्न धौ धौ पर्‍यो’ मेयर सरावगीले नेपाली बहस डटकमसँग कुरा गर्दै भन्नुभयो, ‘त्यसैले यस पटक बेलैदेखि नगरबासीको स्वास्थ्य र जीवन रक्षाका लागि मेरो पहल प्रयत्न गम्भीरतापूर्वक लागेको छ । ’

सिमाना बन्द नहुनु समस्याको जड


वीरगञ्ज नाकाबाट यतिबेला पनि दैनिक ४ सय मानिस नेपाल भित्रिने गरेका छन् । सिमा प्रवेश स्थलमा बसेका स्वास्थ्यकर्मीले शंकास्पद आगन्तुकको एन्टिजेन परीक्षण गर्छन् । त्यसमा पोजेटिभ देखिनेहरुलाई होल्डिङ सेन्टरमा लैजाने गरिएको छ । महामारी बढ्दै गएपछि महानगरले होल्डिङ सेन्टर बनाएको छ । यसमा करिब ३ सय ५० जना मानिस अटाउँछन् । अहिले करिब १ सय ५० जना मानिसलाई यहाँ राखिएको छ । एन्टिजेनमा नेगेटिभ आउनेहरुलाई पनि फेरि पीसीआर गर्ने गरिएको छ ।

सिमा प्रवेश स्थलमा बसेका स्वास्थ्यकर्मीले शंकास्पद आगन्तुकको एन्टिजेन परीक्षण गर्छन् । त्यसमा पोजेटिभ देखिनेहरुलाई होल्डिङ सेन्टरमा लैजाने गरिएको छ । महामारी बढ्दै गएपछि महानगरले होल्डिङ सेन्टर बनाएको छ । यसमा करिब ३ सय ५० जना मानिस अटाउँछन् । अहिले करिब १ सय ५० जना मानिसलाई यहाँ राखिएको छ ।

पीसीआरमा नेगेटिभ आए मात्र गन्तव्यमा पठाउने गरिएको छ । पोजेटिभ आउनेहरुलाई आइसोलेसन, क्वारेन्टाइन वा अस्पताल कहाँ लैजानु पर्ने हो अवस्था हेरेर त्यो व्यवस्था गरिएको छ । ‘संघीय सरकारले सिमा नाका बन्द गरिदिए हामी महानगरभित्र केन्द्रीत हुन पाउने थियौं,’ मेयर सरावगी भन्नुहुन्छ ‘अहिले हाम्रो जनशक्ति र स्रोत सिमापारीबाट आउने आगन्तुकको हेरचाहमा खटिनु पर्दा महानगरबासीलाई दिनुपर्ने जति सेवा दिन सकिरहेका छैनौ ।’ मेयर सरावगीको संघीय सरकारलाई सुझाव ‘स्थिति भयावह छ । सिमा नाका चाँडो बन्द गरिदिनुहोस ।’

महानगरले गरेका तीन काम
महानगरले सिआइसीसीको टिम बनाएर टे्रसिङ गर्ने, स्वाब संकलन गर्ने काम पनि सुरुवात गरेको छ । महानगरले प्रि अक्सिजन बैंक बनाएको छ । ‘महानगरबासी जसलाई अक्सिजन चाहिन्छ उसलाई हामी नि:शुल्क अक्सिजन दिन्छौं,’ मेयर सरावगी भन्नुहुन्छ ‘यसका लागि लाइफ क्लबको सहयोगमा यो काम गरिरहेका छौं ।’ घरघरमा बसेका कोरोना संक्रिमतहरुलाई आवश्यक पर्ने ११ प्रकारका औषधी आजदेखि निशुल्क उपलब्ध गराउन थालिएको सरावगी बताउनुहुन्छ । अब प्रशासनको अनुमति लिएर हामी अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गर्दैर्छौं ।

तत्कालका लागि अक्सिजन सहितको आइसोलेसनमा १ सय ५० जना सम्म अटाउन सक्ने व्यवस्था गर्ने सरवागीले बताउनुभयो । सरावगीका अनुसार धेरैजना त घरघरमै आइसोलेट हुनुहुन्छ तर जसको घरमा समस्या छ उहाँहरुलाई महानगरको आइसोलेसन सेन्टरमा राख्ने व्यवस्था गरिएको छ । कोरोनाका बिरामीलाई अस्पतालसम्म ल्याउन दुईवटा एम्बुलेन्स र मृतकको व्यवस्थापनका लागि एउटा शव बाहनको पनि तयारी अवस्थामा राखिएको सरावगीले बताउनुभयो । ‘अहिलेलाई हाम्रो क्षेत्राधिकार भित्रको काम यति हो,’ सरावगी भन्नुहुन्छ ‘सरकारले महानगरलाई १५ बेडको मात्र अस्पताल सञ्चालन गर्ने अधिकार दिएको छ । तर विगतमा सरकारसँगको अनुमतिमा हामीले वीरगञ्जमा कोरोना अस्पताल सञ्चालन गरेका थियौं । यस पटक पनि त्यो गर्न पाए हामी धेरै महानगरबासीको उपचार गर्नेथियौं ।’ तर यसमा किन अड्चन राखेको हो मलाई थाहा छैन ।

‘महानगरबासी जसलाई अक्सिजन चाहिन्छ हामी नि:शुल्क दिन्छौं,’ मेयर सरावगी भन्नुहुन्छ ‘यसका लागि लाइफ क्लबको सहयोगमा  काम गरिरहेका छौं ।’

वीरगञ्जमा उपचार गर्ने अस्पतालको अभाव छ । नारायणी उपक्षेत्रीय अस्पतालमा बिरामी भरिभराउ छन् । नेसनल मेडिकल अस्पताललाई कोरोनाका बिरामी उपचार गरिदिनु पर्‍यो भनेर अनुरोध गरेका छौं । महानगरले पैसा तिरेर भए पनि त्यहाँ कोरोनाका बिरामीको उपचार गर्ने योजना छ । त्यहाँ १सय ७० जनासम्मको उपचार हुनसक्छ ।

पहिला आतीयौं अहिले,व्यवस्थित रुपले काम गर्दैछौं
मेयर सरावगीका अनुसार कोरोनाको पहिलो लहरको सिकाइ अहिले काम लागिरहेको छ । ‘पहिला आत्तिएर काम गर्‍यौं अहिले व्यवस्थित ढंगले काम गर्दैछौं,’ मेयर सरावगीले भन्नुभयो ‘संघ र प्रदेश सरकारले कतिपय निर्णय प्रक्रिया चाँडो गरिदिए हामीलाई सजिलो हुनेथियो । जस्तै प्रदेश सरकारले २ सय बेडको अस्पताल सञ्चालन गर्न दिन सक्छ तर अहिलेसम्म किन नदिएको हो थाहा छैन ।’ नेपालीहरु बेला नबितेसम्म चुप लागेर बस्ने अनि गलाभन्दा माथि पानी आएपछि आत्तिएर काम गर्ने बानी भएको सरावगी बताउनुहुन्छ । ‘हामी कहिले पनि प्रो–एक्टिभ हुदैनौं, पोष्ट एक्टिभ हुने बानीले धेरै नोक्सानी व्योहोर्नु परेको छ । अहिले पनि भेन्टिलेटर र स्वास्थ्यकर्मीको अभावले संक्रमितको मृत्यु भएको छ । तर यसमा अझै संघीय र प्रदेश सरकार गम्भीर नभएको देख्दा अचम्म लाग्छ । ’

‘काठमाडौंलाई पाल्ने वीरगञ्ज मूख्य नाका हो । त्यसैले हामी सप्लाई चेनलाई ब्रेक हुन दिदैनौं,’ मेयर सरावगीले भन्नुभयो ‘स्वास्थ्यका सबै मापदण्ड अपनाएर हामी आपूर्तिलाई सहज बनाउछौं । वीरगञ्जमा लकडाउन भयो भनेर काठमाडौंले चिन्ता गर्नु पर्दैन ।’

कतिपय अवस्थामा प्रदेश सरकारले दिनुपर्ने अघिल्लो पटकको भुक्तानी नदिंदा अहिले समस्या परेको सरवागीको गुनासो छ ।‘ अहिले पनि प्रदेश सरकारले दिन्छु त भन्ला तर दिएन भने के गर्ने यसमा उसले हामीलाई क्लियर भनिदिनुपर्दछ । तब हामी आफ्नो योजना बनाउन सक्छौं ।’ तर जे जस्तो परिस्थिति आए पनि महानगरबासीको जीवन रक्षाको लागि हामी काम गर्छौं । यसमा कसैले चिन्तित हुनु पर्दैन ।

१६ गतेबाट हप्तादिने लक डाउन,राहत हैन पाकेको भोजन
महानगरबासीको जीवन रक्षाकै लागि भनेर हामीले १६ गतेबाट कडा लक डाउन गर्ने निणर्य गरेको सरावगीले बताउनुभयो । यस बीचमा पनि आपूर्ति व्यवस्थालाई टुट्न नदिने सरावगीले बताउनुभएको छ । ‘काठमाडौंलाई पाल्ने वीरगञ्ज मूख्य नाका हो । त्यसैले हामी सप्लाई चेनलाई ब्रेक हुन दिदैनौं,’ मेयर सरावगीले भन्नुभयो ‘स्वास्थ्यका सबै मापदण्ड अपनाएर हामी आपूर्तीलाई सहज बनाउछौं । वीरगञ्जमा लकडाउन भयो भनेर काठमाडौंले चिन्ता गर्नु पर्दैन ।’

महानगरले यसपाली लकडाउनमा राहात नबाड्ने सोच बनाएको छ । ‘गतवर्ष जस्तो लक डाउनकै भोलिपल्ट देखि राहत बाँडिदैन बरु आवश्यक पर्नेहरुलाई पाकेको भोजन खुवाउने प्रवन्ध गर्छौं,‘ मेयर सरावगीले भन्नुभयो ।

लकडाउनमा पनि भरसक उद्योग बन्द नगर्ने मनस्थितिमा महानगर छ । स्वास्थ्य मापदण्ड अपनाएर उद्योग चलाउन सकियो भने दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई रोजीरोटीको समस्या पर्दैन भन्ने महानगरले सोचेको छ ।