अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशैभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

देशैभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द


काठमाडौं-नेपाल चिकित्सक संघले आज (सोमबार) देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द भएको छ। उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर असहमति जनाउँदै चिकित्सकहरू सेवा बन्द गरेको हाे ।

उपभोक्ता अदालतले ओम अस्पतालले ५० लाख ७० हजार, हिमाल अस्पताल र उपचारमा सम्लग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्राण्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो। नेपाल चिकित्सक संघको आह्ववानमा आज चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन्।

चिकित्सकले सेवा बहिष्कार गर्दा बिरामी मर्कामा परेका छन्। नेपाल चिकित्सक संघका महासचिव डा. सन्जिव तिवारीलाई अदालतको अवहेलना गरेको भन्दै पाटन उच्च अदालतले सात दिनभित्र अदालतमा उपस्थित हुन भनेपछि चिकित्सकहरुले आन्दोलन सुरु गरेका हुन्। नेपाल चिकित्सक संघको आह्वानमा भएको यो आन्दोलनमा नौवटा स्वास्थ्य संस्थाले ऐक्यवद्धता जनाएका छन्।