अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘सम्पर्कविहीन’ सांसद शाहीको सरकारी कोरोना रिपोर्ट नेगेटिभ, निजीमा पोजिटिभ

‘सम्पर्कविहीन’ सांसद शाहीको सरकारी कोरोना रिपोर्ट नेगेटिभ, निजीमा पोजिटिभ


पोखरा- राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाही कोरोना भाइरस (कोभिड-१९) अस्पतालमा भेटिनु भएको छ । उहाँ पोखराको चरक अस्पतालको कोभिड वार्डमा भेटिनुभएको हो ।

अस्पतालका अनुसार सांसद शाहीको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । निजी प्रयोगशाला लाइफ केयर डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा गरिएको परीक्षणमा उहाँमा कोरोना पोजिटिभ देखिएको हो ।

तर, मंगलबार सबै सांसदसँग गरिएको सरकारी परीक्षणमा भने उहाँको रिपोर्ट नेगेटिभ देखिएको थियो । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले मंगलबारै गरिएको परीक्षणको नेगेटिभ रिपोर्ट आज बिहान दिएको थियो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा आज प्रदेशसभामा मतदानको तयारी थियो । तर, सांसद शाही सम्पर्कविहीन भएपछि जनमोर्चाले बैठक रोक्न माग गरेको थियो । जनमोर्चाको मागपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।