काठमाडौं- भारतबाट नेपाल आउनका लागि सरकारले आजबाट १३ वटा नाकालाई मात्र अनुमति दिएको छ ।
हिजोको मन्त्रिपरिषद् बैठकले २२ वटा नाका बन्द गरेर १३ वटाबाट आउजाउ गर्ने अनुमति दिएको हो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार झापाको काँकरभिट्टा, मोरङको जोगवनी, इलामको पशुपतिनगर, महोत्तरीको भिट्टामोड, रौतहटको गौर, पर्साको वीरगञ्ज, रूपन्देही बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुना, दार्चुलाको मुलघाट, बैतडीको झुलाघाट, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट आउजाउ गर्न दिइने भएको छ ।
कोरोना नियन्त्रण र रोकथाम सम्बन्धि उच्च स्तरीय समिती (सिसिएमसी) ले सरकारलाई २२ वटा नाका बन्द गर्न र १३ वटा नाका खुला गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा मन्त्रिपरिषदले सो निर्णय गरेको हो ।
सरकारले तोकिएका नाकाबाट आउनेहरुलाई नाका मै एन्टिजेन परीक्षण गरेर सम्बन्धितहरूलाई घर पठाउने व्यवस्था गरेको छ ।







प्रतिक्रिया