अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महेश बस्नेतले शीर्ष नेताहरूको चरित्र चित्रण गर्दै भन्नुभयो, ‘स्याल हुँइया गर्नेहरूको भविष्य छैन’

महेश बस्नेतले शीर्ष नेताहरूको चरित्र चित्रण गर्दै भन्नुभयो, ‘स्याल हुँइया गर्नेहरूको भविष्य छैन’


काठमाडौं– नेकपा एमालेका युवा तथा एवं सांसद महेश बस्नेतले पछिल्लो समय नेपालको राजनीतिक अराजक दुस्चक्रमा फसाउन खोज्ने पाँच नेताको चरित्र चित्रण गर्नुभएको छ । बस्नेतले नेपालको ७१ वर्षे कम्युनिष्ट आन्दोलनलाई यो उचाईमा पुर्‍याउन तथा कम्युनिष्ट आन्दोलनलाई सखाप पार्न वर्तमान समयका नेतृत्वले खेलेको भूमिकाका बारेमा आफ्नो सात बुँदे धारणा राख्नुभएको हो । उहाँको विचार जस्ताको तस्तै–

…………….

१) ७१ वर्ष पछाडि कम्युनिष्ट हरुले प्राप्त गरेको सत्ता दक्षिणपन्थीको पाउमा चढाउन कम्मर कसेर लागेका प्रचण्डहरुको क्रान्तिकारीपन पनि देखियो ।

२) जनताको प्यारो पार्टी फुटाएर भएपनि उग्रवामपन्थी र दक्षिणपन्थीको घोडा बन्न तयार माधव नेपालहरुको विधि र अनुशासन पनि देखियो ।

३) विगतमा सत्तामा रहँदा भ्रष्टाचार, अनियमितता र कुशासन दिने कांग्रेस नेताहरुका नौटंकी फेरि देखिदैछ।

४) पद र पैसा भने पछि जिउ ज्यान छाड्ने, आफू मन्त्री हुन त्यही सरकार क्रान्तिकारी र आफू भ्रष्ट र असफल भएर फालिएपछि प्रतिगामी , संविधान संशोधन र मधेसी आन्दोलनका मुद्दामा मतलब छैन कुर्सीको लागि जे पनि गर्ने उपेन्द्र यादवको मधेस मोह पनि हेरियो ।

५) आठवाटा पार्टी फेरेर प्रवेश गरेको जसपालाई फोर्न प्रचण्ड र रामचन्द्रहरुको गोटी बन्ने आफ्नो सांसदहरुलाई एक ठाउँमा राख्न नसक्ने अनि प्रधानमन्त्री र राष्ट्रपतिलाई सराप्ने बाबुरामको कुण्ठा पनि देखियो।

६) राष्ट्रियता जनताको विकास, समृद्धि र कोसभडको महामारीविरुद्ध सशक्त नेतृत्व दिन सक्ने एमाले र प्रधानमन्त्री के पी ओली नै हो । कुनै भ्रममा नपरी हाम्रो पंक्ति अभियान बनाएर लागौं।

७) स्याल हुँइया गर्नेहरुको भविष्य छैन । आवश्यक प्रतिरोध गरौं ।