काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ शीतल निवासमा हुँदैछ । प्रधानमन्त्रीको शपथलगत्तै शीतल निवास प्रांगणमै अन्य मन्त्रीहरुको शपथ हुनेछ ।
राष्ट्रपति भवन शीतलनिवासमा शुक्रवार दिउँसो २ बजे आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई शपथ गराउने तयारी छ ।
वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत नपाएर पदमुक्त हुनुभएका ओलीलाई संविधानको धारा ७६ उपधारा ३ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेताकारुपमा बिहीवार प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।
शपथलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।
कोरोना संक्रमणको महामारीका कारण शपथ समारोहमा सीमित विशिष्ट व्यक्तिलाई मात्र आमन्त्रण गरिएको छ । शपथलगत्तै ओलीले शुक्रबार नै सिंहदरबार गएर पदभार सम्हाल्ने कार्यक्रम छ ।
प्रतिक्रिया