अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको निर्देशन : दिनमा हुने काम घन्टामा गर्नुस्

प्रधानमन्त्रीको निर्देशन : दिनमा हुने काम घन्टामा गर्नुस्


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवनरक्षाका लागि खटिन सबै निकायलाई निर्देशन दिनुभएको छ ।

आज दिउँसो सिंहदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा उहाँले आर्थिक स्रोत अभावले कुनै पनि नागरिकको ज्यान जान नहुने बताउनुभयो ।

‘पक्रियामा अल्झिएर आर्थिक स्रोत अभावले कुनै पनि नागरिकको ज्यान जानु हुँदैन । प्रक्रिया झन्झटिला छन् भने तिनीहरूलाई फुकाएर हप्तामा हुने कामलाई दिनमा, दिनमा हुने कामलाई घन्टामा गरेर भए पनि तत्काल नागरिकको जीवन रक्षाका लागि जजे गर्नुपर्छ गर्नुस् । त्यसका लागि आवश्यक कानुन मिलाउनुपर्छ भने कानुन बनाउनुस्, पक्रिया मिलाउनु छ भने पक्रिया मिलाउनुस्, क्विक रेस्पोन्स टिम बनाउनुपर्ने हो भने त्यो बनाउनुस् । तर, हरहालतमा नागरिकको जीवन रक्षा हुनुपर्‍यो,’ प्रधानमन्त्रीको भनाई उदृद गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सञ्चारकर्मीसँग भन्नुभयो ।