अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब छिट्टै रेल सञ्चालनमा जान्छौँ : मन्त्री नेम्वाङ

अब छिट्टै रेल सञ्चालनमा जान्छौँ : मन्त्री नेम्वाङ


काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका लागि सरकारले असार मसान्तसम्म स्पष्ट कार्ययोजना बनाइसक्ने बताउनुभएको छ ।

यसअघि बजेट त आउने तर कार्यान्वयनमा के कसरी जाने भन्ने स्पष्ट खाका तथा मोडालिटी नबन्दा बजेट कार्यान्वयनमा समस्या आउने गरेको भन्दै मन्त्री नेम्वाङले यसपटक सरकार स्पष्ट खाकासहित बजेट कार्यान्वयनमा जाने बताउनुभयो ।

‘बजेट कार्यान्वयनमा हामी दृढ छौं । कोभिड–१९ को महामारीका बीच पनि जनताको स्वास्थ्य सुरक्षा र मुलुकको दिगो विकासलाई प्रमुख प्राथमिकतामा राखेर आएको बजेट कार्यान्वयन गर्न हामी कटिबद्ध छौं । यसका लागि सरकार स्पष्ट कार्ययोजनासहित अघि बढ्छ,’ मन्त्री नेम्वाङले भन्नुभयो, ‘बजेट कार्यान्वयनका लागि आगामी असार मसान्तसम्म कार्ययोजना बनाई सक्छौं ।’

मन्त्री नेम्वाङले आर्थिक वर्षको बजेटले भौतिक पूर्वाधार तथा विकास निर्माणलाई नै प्रमुख प्राथमिकतामा राख्दै बजेट विनियोजन गरिएको बताउनुभयो । भौतिक पूर्वाधारको क्षेत्रमा ३२ वटा शीर्षकमा १ खर्ब ६३ अर्ब बराबरको बजेट विनियोजन भएको उहाँले बताउनुभयो ।

बजेटले सडक निर्माण तथा सुधारदेखि रेल, मेट्रो रेल, सुरुङ मार्ग, फ्लाइओभर निर्माण लगायतका महत्वाकांक्षी योजनाहरुलाई केन्द्रमा राखेको मन्त्री नेम्वाङले बताउनुभयो ।

त्यस्तै, मन्त्री नेम्वाङले रेल सञ्चालन तथा व्यवस्थापन सम्बन्धि रेल सञ्चालन अध्यादेश समेत आइसकेको अवस्थामा अब सरकार छिटोभन्दा छिटो रेल सञ्चालनमा जाने बताउनुभयो ।