अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा : के खुल्छन्, के खुल्दैनन्? (आदेशसहित)

उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा : के खुल्छन्, के खुल्दैनन्? (आदेशसहित)


काठमाडौं- जेठ ३१ गतेसम्म थपिएको काठमाडौं उपत्यकाको निषेधाज्ञा केही खुकुलो गरिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थपिए पनि केही खुकुलो गर्ने निर्णय गरेको हो ।

बैठकले किराना पसल, डिपार्टमेन्टल स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न दिइएको छ । त्यस्तै, सवारी साधन मर्मतका लागि वर्कशपहरु राति ९ बजे देखि विहान ९ बजे सम्म स्वास्थ्यका मापदण्ड अपनाएर खोल्न पाइने भएको छ ।

निजी तथा सार्वजनिक निर्माणको काम पनि चलाउन दिने तर काम गर्दा काम गर्ने मानिस भित्रै बस्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही जेठ २० गते राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी आदेश :