अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा कोरोनाको नयाँ भेरिएन्ट पत्ता लागेको छैन : डब्लुएचओ

नेपालमा कोरोनाको नयाँ भेरिएन्ट पत्ता लागेको छैन : डब्लुएचओ


काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा कोरोना भाइरसको कुनै नयाँ स्वरूप पुष्टि नभएको प्रष्ट पारेको छ ।

बेलायतबाट प्रकाशित हुने पत्रिका डेली मेलले आफ्नो बुधबारको अङ्कमा कोरोना भाइरसको ‘नेपाल स्वरुप’ भनेर समाचार प्रकाशन गरेको छ । डब्लुएचओले कोरोना भाइरस (सार्स-कोभ-२) को नयाँ स्वरूप फेला परेको सम्बन्धमा कुनै जानकारी नभएको समेत बताएको छ ।

डब्लुएचओको नेपाल च्याप्टरले नेपालमा कोरोनाका कुनै नयाँ स्वरूप पुष्टि नभएको प्रष्ट पारेको हो । समाचार प्रकाशन भएपछि नेपालमा कोरोनाको नयाँ स्वरूप साँच्चिकै पुष्टि भएको हो की भनेर छलफल भएको थियो । तर नेपालस्थित डब्लुएचओको कार्यालयले नयाँ स्वरुपबारेको भ्रमलाई चिरेको हो ।

विश्व स्वास्थ्य सङ्गठनले सामाजिक सञ्जाल फेसबुकको आफ्नो पेजमा नेपालमा हालसम्म कोरोनाको तीन स्वरुप मात्रै पुष्टि भएको उल्लेख गरेको छ ।