अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कविता: त्यो बेला असारे रोपाइँ

कविता: त्यो बेला असारे रोपाइँ


खेतका आली-आलीमा रमाइलो रहर हुन्थ्यो
जारखेतमा रोपाहाहरूले छ्याप्छ्याप्ती पाँगो खेलेको
वनचरीको चिरबिर च्यार्र कोमलता उर्लन्थ्यो
पल्ला घरे ठूलकाकाले पाँगो मिलाइ मिलाइ पेलेको ।

अमूल्य मिठास परमानन्द गोरुहरूको छलछल यात्रा
ढोलक दाइको बाजा मिठो खाना अमृत सरी
आजभोलिका फिल्मभन्दा उल्लास दिने त्यो महान जात्रा
ठूलो दाइ उक्साइ राख्ने बोली उस्तै घरिघरि।

फोगट्टाको खनाइ त्यो थ्यो जिमभन्दा नि बलियो
ढाँटा बाउनु स्वर्ग जानु खेतालाको काम
सिट्ठी मार्दै बाउसी मार्दै खुसीले ढलियो
रोपाइँ यादगर मटेलाको खातको खात राम।

ठूल्घरेको सार ठूलो तिलक दाइको हात
एक दिनका दुई पर्मा कठै प्यारा दिन
खोलाइनाका आँप पाक्थे माछाको छुट्टै बात
दोस्रो दिनको तेस्रो पर्मा कति गैह्रो निन।

कुला बग्थ्यो गाढको पानी खोलीखेतको नाला
वीरहरू गाउँमै हुन्थे खेतमा हिँड्दा जातै
जति काम गरे पनि गर्ने कोही नै चाला
रोपाइँका काम अन्धेर बिउका मुठा हातै।

कति सम्झना आउँछ त्यो रोपाइँको!

……………………..

यो पनि : महामारीको मारमा विद्यार्थी