अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाललाई ४ अर्ब ८० करोड अनुदान दिने जर्मनीको घोषणा

नेपाललाई ४ अर्ब ८० करोड अनुदान दिने जर्मनीको घोषणा


काठमाडौं- जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरूप ४ अर्ब ८० करोड रुपैयाँभन्दा बढी अनुदान प्रदान गर्ने भएको छ ।

नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मन सरकारले अनुदानस्वरूप उक्त रकम उपलब्ध गराउने भएको हो ।

नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले सोमबार अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको जर्मनीले जनाएको छ ।

राजदूतावासका अनुसार जर्मनीले मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा ऊर्जा तथा नवीकरणीय ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रका लागि उक्त रकम प्रदान गरिने भएको हो ।