बुटवल- लुम्बिनी प्रदेश सांसद विमला वलीलाई नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलले कारवाही गर्ने भएको छ ।
प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा उभिएको भन्दै एमाले संसदीय दलले सांसद वलीलाई कारबाही गर्ने भएको हो । वलीलाई स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए थप कारवाही प्रक्रिया अघि बढाउने निर्णय भएको गर्न प्रमुख सचेतक भुमीश्वर ढकालले जानकारी दिनुभयो ।
दाङबाट उपनिर्वाचनमा विजयी सांसद वलीले वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेल पुनःनियुक्ति भएपछि माओवादी केन्द्र प्रवेश गरेको घोषणा गर्नु भएको थियो ।
एमाले र माओवादी एकता भएर बनेको तत्कालीन नेकपाबाट उहाँले उपनिर्वाचनमा सूर्य चुनाव चिह्नबाट चुनाव जित्नुभएको थियो ।







प्रतिक्रिया