अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा विघटन मुद्दा : सर्वोच्च बारबाट घिमिरे र केसी एमिकस क्युरीमा सिफारिस

प्रतिनिधिसभा विघटन मुद्दा : सर्वोच्च बारबाट घिमिरे र केसी एमिकस क्युरीमा सिफारिस


काठमाडौं- प्रतिनिधिसभा विघटनको मुद्दामा वरिष्ठ अधिवक्ताहरू कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रूपमा सिफारिस गरिएको छ ।

आज बसेको सर्वोच्च अदालत बार एशोसिएसनको बैठकले एमिकस क्युरी सिफारिस गरेको कार्यसमिति सदस्य विकास भट्टराईले जानकारी दिनुभयो ।

जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

सो मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको इजलासले नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट दुईदुई जना एमिकस क्युरी माग गरेको थियो ।