अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सीएनबीसीसँग प्रधानमन्त्रीको अन्तर्वार्ता

कोरोना खोप उपलब्ध गराइदिन अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको आग्रह

कोरोना खोप उपलब्ध गराइदिन अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको आग्रह


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस (कोभिड-१९)को दोस्रो लहर नियन्त्रणमा आउन लागेको भन्दै खोप सहायताका लागि अन्तर्राष्ट्रिय समुदायलाई पुनः आग्रह गर्नु भएको छ । पर्याप्त खोप उपलब्ध भए २०२१ भित्र सबै नागरिकलाई लगाइसक्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

अमेरिकी सञ्चारमाध्यम सीएनबीसीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणमा आए पनि तत्काल खोपको जरुरी भएको बताउनुभएके हो । प्रधानमन्त्रीले भन्नुभएको छ , ‘मुलुकमा ७५ प्रतिशतले भाइरस संक्रमण नियन्त्रणमा आइसकेको छ । बाँकी संक्रमणका लागि हामीले काम गरिरहेका छौँ ।’

दोस्रो लहरमा नेपालमा अक्सिजन र बेड अभाव भएको बताउँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा त्यस्तो हुन नदिन सरकारले काम गरिरहेको उहाँले उल्लेख गर्नुभएको छ । ‘हाम्रो जनसंख्या ३ करोड मात्र छ । केही नागरिक समूहलाई हामीले खोप लगाइसकेका छौं,’ प्रधानमन्त्रीले भन्नुभएको छ ।