अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निजी भ्यान बन्याे एम्बुलेन्स, वडाध्यक्ष बन्नुभयाे चालक

निजी भ्यान बन्याे एम्बुलेन्स, वडाध्यक्ष बन्नुभयाे चालक


स्याङ्जा- कोरोनाको महामारी बढिरहँदा भीरकोट नगरपालिका-५ का वडाध्यक्ष यामप्रसाद अधिकारी विपदको साथी बन्नुभएको छ । वडाध्यक्ष अधिकारीको स्वयंसेवी अभियानबाट कोरोना सङक्रमित, क्यान्सर रोगी, दम, मुटु, सुत्केरी ब्यथा र अन्य बिरामीलाई राहत पुगेको हो । यहाँ अधिकारीको पहलमा स्थानीय युवाको सहयोगमा विपदमा हामी अभियान संचालन गरिएको हो ।

ग ३ च ७४२ नम्बरको हाईलक्स (पीकअप) भ्यान आफैँ चलायर वडाध्यक्ष अधिकारीले अक्सिजनको सिलिण्डर, स्वास्थ्यकर्मी राखेर एम्बुलेन्स बनाएर सेवा दिनु भएको हो । वडाध्यक्षअधिकारीले जिल्लामा निशेधाज्ञा सगै अभियान चलायर आफ्नो कर्म गर्नु भएको हो । पालिकामा कतै कोही सङक्रमित होस् या अन्य बिरामी भएको खबर पाएपछि अधिकारीले गाडी सहित पुगेर बिरामीलाई आफैँ गाडीमा हालेर पाछिल्लो सिटमा राखेर सेवा दिने गर्नुभएको हो ।

आफ्नो निजी सवारी साधन एम्बुलेन्सका रुपमा प्रयोग गरेर अक्सिजन सहितको सेवा निःशुल्क दिएको अधिकारीले बताउनुभयो । कोरोना संक्रमित वा अन्य बिरामीलाई उपचारमा समस्या नरहोस भनेर उपचार दिलाउने उदेश्यले आफ्नै सवारी साधनबाट निशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको अधिकारीले बताउनुभयो ।

गाउँमा बेलामा साधन नपाइने र बल्ल तल्ल साधन पाईहाले पनि संक्रमणका त्रासले चालकले कोरोना बिरामी बोक्न नमान्ने भएपछि आफैँले आफनो साधनलाई एम्बुलेन्स बनाएर चलाएको अधिकारीले बताउनुभयो । आफ्नो पहलमा चलाएको अभियानको डेढ महिनामा एकसय २७ जना कोरोना सङक्रमित र ४४ जना अन्य बिरामी गरी एकसय ७१ जनालाई अस्पतालमा लगेको अधिकारीले जानकारी दिनुभयो ।

कोरोना भाइरस सङक्रमण अवधिभर र स्वास्थ्यले साथ दिने समय सम्म समाजसेवामा लागि रहने बताउँदै अधिकारीले सङक्रमितसगँ दुरी र स्वास्थ्य मापदण्डमा ख्याल गरेको बताउनुभयो ।

कोरोना संक्रमण पुष्टिपछि अधिकांश होम आइसोलेशनमा बस्न रुचाउने र श्वासप्रश्वासमा कठिनाई देखिका बिरामीलाई अस्पतालमा पुर्‍याउन अभियान प्रभावकारी देखिएको छ ।