अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई आर्थिक सहायता जुटाउन समिति गठन

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई आर्थिक सहायता जुटाउन समिति गठन


काठमाडौं- सिन्धुपाल्चोकका बाढी प्रभावितलाई आर्थिकलगायतका सहायता जुटाउन सरकारले समिति गठन गरेको छ ।

आज राजधानीमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ र सिन्धुपाल्चोकका जनप्रतिनिधि सहभागी बैठकले वरिष्ठ अभिनेता कृष्ण मल्लको नेतृत्वमा समिति गठन गरेको हो ।

सो समितिले सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा भत्किएका संरचनाको पुननिर्माणको लागि कोष स्थापना गरेर सहायतालाई आह्वान गर्नेछ ।

बाढीले बगाएको बस्तीलाई सुरक्षित स्थानमा बसाल्न, भत्किएका विद्यालय र पुलको पुननिर्माण गर्न कलाकारहरूले औद्योगिक घराना, गैरआवसीय नेपाली र आफ्ना समर्थकलाई आह्वान गर्ने भएका छन् ।

सरकारका तर्फबाट बैठकमा सहभागी स्वास्थ्यमन्त्री तामाङले पुननिर्माणका लागि आवश्यक जग्गा र प्राविधिक सहयोग सरकारले गर्ने प्रतिबद्धता जनाउनुभयो ।

बैठकमा सिन्धुपाल्चोक जिल्ला विकास समिति सभापति कृष्णगोपाल तामाङ, मेलम्चीका मेयर डम्बरबहादुर अर्याल, कलाकारहरू जितु नेपाल, चेतन सापकोटा, श्वेता खड्का, कृष्ण ढुंगाना सहभागी हुनुहुन्थ्यो ।