अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मनाङ्गेको राजनीतिक भेटवार्ताः सूर्य थापाको टिप्पणी

मनाङ्गेको राजनीतिक भेटवार्ताः सूर्य थापाको टिप्पणी


काठमाडौं– गण्डकी प्रदेशका मन्त्री दीपक मनाङ्गेले राजनीतिक भेटवार्ता भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवाको फोटो शेयर गरेपछि प्रतिटिप्पणी सुरु भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि मनाङ्गेको भेटबारे यस्तो लेख्नुभएको छ–

…..

“रत्नाकर डाँकु” वाल्किकी भएर-बुढानिलकण्ठ, टोखा र खुमलटार दरबारमा साक्षात् दर्शनभेट दिन आएको अपूर्व क्षण । हामी यसरी नै पो स्वर्गतिर जाँदैछौं, नर्कको बाटो भएर ?
“अमरेश पुरी” को हुलियावालाले जनमतविपरित ह्वाँकै कृपामा मुख्यमन्त्री प्राप्त गर्नुभएको सफलता जो हासिल भयो – गण्डकी तटमा !
एमालेलाई हटाउन निर्णायक सहयोग गरेकोमा ह्वाँको हामी तीन पूर्व प्रधानमन्त्रीकहाँ उच्च प्रशंसा, स्वागत र हाईहाई त गर्नैपरो ! र, समवेत् श्वरमा गाउनै परो
“सलल बग्यो गण्डकी
आज यहाँ छौं, भोलि त कहाँ हो कहाँ?
यस्तै छ हाम्रो जिन्दगी !!”

………………………..
हामी महान छाैं,
हामीले जितेका छाैं,
हाम्राे एकता महान छ !!!!!
तस्बिर साैजन्य – राजीव गुरूङ उर्फ दीपक मनाङेकाे wall बाट ।