अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तुइन विस्थापनमा राजनीतिः यस्तो हो वास्तविकता

तुइन विस्थापनमा राजनीतिः यस्तो हो वास्तविकता


श्रावण १५ गते महाकाली नदीको मालघाटमा तुइन तर्दा भारतीय एसएसबीले तुइन काटेर जयसिंह धामीको मृत्यु भएपछि तुइन विस्थापनको विषयलाई लिएर सञ्चार माध्यममा धेरै चर्चा परिचर्चा भएको छ । घटनाको वास्तविकता छानविन भन्दा यसलाई राजनीति गर्न खोजेको पनि आभास पाइन्छ ।

नेकपा एमालेका आदरणीय अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो निर्णय स्वरूप २०७२ असोज २५ गते तुइन विस्थापन गर्ने निर्णय गर्नु भएपछि तत्कालिन अवस्थामा देशभर तुइनको संख्या १७१ वटा रहेकोमा हालसम्म १३० वटा स्थानमा झोलुङ्गेपुल निर्माण सम्पन्न भएको छ भने ३ वटामा सडकपुल बनेको छ । १२ वटामा झोलुङ्गेपुल निर्माणाधिन रहेको छ भने २६ ठाउँमा प्राविधिक सहित विभिन्न कारणले निर्माण गर्न सम्भाव्य नभएको थियो ।

नेपाल र भारतको सिमाना नदी महाकालीमा ५ वटा ठाउँमा भारत तर्फबाट झोलुङ्गेपुल निर्माणको अनुमति नदिएको कारण २०७३ सालमा लागेको ठेक्का रद्द हुन पुगेको थियो भने केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री भएर भारत भ्रमणमा जाँदा भारतीय पक्षसँग कुरा गर्नुभएपछि मालघाट लगायत ४ स्थानमा पुनः ठेक्का लागेको थियो । महाकाली नदीको ४ ठाउँ मध्ये २ ठाउँमा ९५ प्रतिशत र मालघाट लगायतमा ३० प्रतिशत निर्माण सम्पन्न भएको छन् अन्य ८ स्थानमा पनि ५० प्रतिशत भन्दा बढी काम निर्माण सम्पन्न भएको छ । त्यो पनि कोभिड- १९ को कारणले निर्माण सम्पन्न हुन नसकेका हुन् भने अब छिट्टै निर्माण सम्पन्न हुने नै छन् ।

जनताको जीवन रक्षाको लागि बाँकी काम छिटो सम्पन्न गरौं । यसमा राजनीति नगरौं ।

इन्जिनियर थपलिया  पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका विकास विज्ञ हुनुहुन्थ्यो ।