अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस सभापतिका आकांक्षीहरूले दौडधुप तीव्र : विमलेन्द्र, प्रकाशमान र शंशाकबीच छलफल

कांग्रेस सभापतिका आकांक्षीहरूले दौडधुप तीव्र : विमलेन्द्र, प्रकाशमान र शंशाकबीच छलफल


काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन मिति नजिकिएसँगै सभापतिका आकांक्षीहरूले दौडधुपले तीव्रता पाएको छ ।

आज दिउँसो मात्रै कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भएको छ ।

सर्वसम्मत नेतृत्व चयनका पक्षमा लबिङ गर्दै आउनुभएका उपसभापति निधिले आफ्नो वैवाहिक वर्षगाठको अवसर पारेर नेताहरूलाई निवासमै बोलाएर छलफल गर्नु भएको हो ।

कांग्रेसका संस्थापक विपि कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्र तीनै जना सभापतिका आकांक्षी हुनुहुन्छ ।

तीन नेताबीच निधि निवास मध्य वानेश्वरमा सोमबार दिउँसो भएको दुई घण्टा छलफल भएको बताइएको छ । छलफलमा पार्टीको आसन्न महाधिवेशनमै केन्द्रित भएर कुराकानी भएको छ ।