अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जोर-बिजोर प्रणालीमा सार्वजनिक यातायात चलाउन दिने तयारी

जोर-बिजोर प्रणालीमा सार्वजनिक यातायात चलाउन दिने तयारी


काठमाडौं- उपत्यकाका तीन जिल्लामा जोर-विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने तयारी गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकमा यो विषयमा छलफल भएको छ । यद्यपि, निर्णय हुन भने बाँकी छ ।

सोमबार बिहान ९ बजे पुनः बैठक बसेर यो विषयमा टुंगो लगाइने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का एक पदाधिकारीका अनुसार निषेधाज्ञा थप्ने विषयमा सबै एकमत हुनुहुन्छ । सवारीसाधनको विषयमा भने टुंगो लाग्न बाँकी रहेको ती पदाधिकारीले जानकारी दिनुभयो ।

ललितपुरको डीसीसीएमसीले भने जनस्वास्थ्यको मापदण्ड पालना गरी आधा सिट क्षमतामा सार्वजनिक सवारी साधन चल्न दिने र १५ दिन निषेधाज्ञा थप गर्न सिफारिस गरेको छ । एक अधिकारीका अनुसार संक्रमण निरन्तर घटेको र यातायात व्यवसायी तथा मजदुर संगठनले पनि निरन्तर दबाव दिएकाले सार्वजनिक सवारी सञ्चालनका लागि सिफारिस गरिएको हो ।

उपत्यकाको प्रशासन कार्यालयले १६ वैशाखदेखि लगाएको निषेधाज्ञा पछिल्लो पटक ७ असारमा एक साताका लागि थप्ने निर्णय भएको थियो । थपिएको निषेधाज्ञाको अवधि सोमबार राति १२ बजेबाट सकिँदैछ ।