काठमाडौं- भोलिदेखि सार्वजनिक यातायात जोरबिजोर प्रणालीबाट सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको आजको छलफलपछि उपत्यकामा छोटो दूरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरिएको हो ।
काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा भने एक साता लम्बिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीका अनुसार कोरोना संक्रमण जोखिम कायमै रहेकाले थप एक साता निषेधाज्ञा थपिएको हो ।
‘जोरबिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएको छ । तर, माइक्रोबस भने चल्ने छैनन् । २५ सिटमाथिका मात्रै चल्न पाउने छन्,’ उहाँले भन्नुभयो ।
तीनवटै जिल्लाका प्रमुख अधिकारीहरु आइतबार निषेधाज्ञाकै विषयमा एक चरण छलफल गरेका थिए । जारी निषेधाज्ञा सोमबार राति सकिँदै छ ।







प्रतिक्रिया