अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिनियाँ कम्युनिष्ट पार्टी १०० वर्षमा

चिनियाँ कम्युनिष्ट पार्टी १०० वर्षमा


काठमाडौं– सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएको १०० वर्ष पुगेको छ ।

सय वर्ष पुगेको अवसरमा चीनमा उत्सव मनाइएको छ । राष्ट्रपति सी जिन्पिङले बिहीबार मन्तव्य दिनुभएको छ ।

सन् १९२१ मा स्थापना भएको चीनको कम्युनिष्ट पार्टी लामो गृहयुद्धपछि ७२ वर्षअघि सत्तामा पुगेको थियो।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) जनवादी गणतन्त्र चीनको संस्थापक तथा वर्तमान शासन गरिरहेको राजनीतिक दल हो ।

चिनियाँ कम्युनिष्ट पार्टी विश्वकै सबैभन्दा ठूलो र कम्युनिस्ट पार्टी हो । यसका सदस्य संख्या मात्र झण्डै १० करोड रहेको बताइएको छ । २०२० मा, भारतको भारतीय जनता पार्टी पछि सीपीसी ९.१ करोड सदस्य सहित विश्वको दोश्रो ठूलो राजनैतिक दल हो।

गएको तत्कालिन नेकपाको स्कूल विभागले चिकपा स्थापना दिवसमा कार्यक्रम आयोजना गरेको थियो ।