अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपदमा परेकालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

विपदमा परेकालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन


काठमाडौं- उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले बाढीपहिरोलगायत विपदमा परेकालाई तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ ।

गृह मन्त्रालयमा आज बसेको विपद सम्बन्धी बैठकमा उहाँले अविरल वर्षाले देशका विभिन्न भागमा जनधनको क्षति भएका विवरण आइरहेकाले उद्धार र राहतका लागि निर्देशन दिनुभएको हो ।

उहाँले उद्धार तथा राहतका लागि स्रोतको अभाव नहुने पनि बताउनुभयो । बाढीपहिरोले भत्काएका सडक छिट्टै मर्मत गरिने पनि गृहमन्त्री पौडेलले बताउनुभयो ।