काठमाडौं– पूरा नहुने माग राख्ने प्रसंगमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एउटा कथा सुनाउने गर्नुहुन्छ । त्यो कथा एमाले विवादमा आज पनि उत्तिकै सान्दर्भिक छ ।
छोटो कथा यस्तो छ–
केटाकेटीले हात्ती मागे हात्ती किन्दिन सकिन्छ
फेरि झोला मागे झोला किन्दिन सकिन्छ
तर, हात्ती झोलामा हालिदेउ भने
सकिन्छ त ? सकिँदैन नि !
प्रधानमन्त्री ओलीले हात्ती र झोलाका कथा एक पटक होइन, पटक–पटक दोहोर्याउनुभएको छ ।
तत्कालिन मधेसकेन्द्रित दलहरुले संविधान निर्माणमा राखेका मागमा प्रयोग गर्नुभएको थियो । वैद्य माओवादीले निर्वाचनमा जान शर्त राख्दा पनि यही कथा दोहोरिएको थियो ।
अहिले एमाले विवाद उत्कर्षमा पुगेकाबेला माधव नेपाल पक्षले एकपछि अर्को माग राखिरहँदा ओलीको उही कथा स्मरण हुन थालेको छ ।







प्रतिक्रिया