अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले भोलि माथिल्लो तामाकोशी आयोजनाको उद्घाटन गर्ने

प्रधानमन्त्रीले भोलि माथिल्लो तामाकोशी आयोजनाको उद्घाटन गर्ने


काठमाडौं- दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भोलि उद्घाटन हुने भएको छ ।

आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअलरूपमा पहिलो युनिटबाट विद्युत उत्पादन गर्न स्विच थिचेर उद्घाटन गर्नुहुने भएको हो ।

भोलिदेखि नै तामाकोशीको ७६ मेगावाट बिजुली रष्ट्रिय प्रशारणमा जोडिने माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले जानकारी दिनुभयो । अबको १५ दिन परीक्षण उत्पादन अवधिको रूपमा रहनेछ । त्यसपछि तामाकोशीबाट व्यावसायिक उत्पादन सुरु हुनेछ र प्राधिकरणले कम्पनीलाई बिजुलीबापत पैसा तिर्न सुरु गर्नेछ ।

७६/७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाबाट २१ असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत उत्पादन सुरु गर्ने तालिका तय गरिएको छ ।

पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरूबाट क्रमश स् विद्युत उत्पादन हुनेछ । श्रेष्ठका अनुसार असारभित्र २ वटा युनिटबाट बिजुली उत्पादन थाल्ने लक्ष्य छ ।