अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वमाओवादी नेताहरूको सुनुवाइ आज पनि भएन

पूर्वमाओवादी नेताहरूको सुनुवाइ आज पनि भएन


काठमाडौं– पूर्वमाओवादी नेताहरुले सांसद पद कायम गरी पाउँ भनी सर्वोच्च अदालतमा दिएको रिट निवेदनमाथिको सुनुवाइ आज पनि भएन ।

रिट निवेदकतर्फका कानुन व्यावसायीहरुले सुनुवाइ स्थगित गर्न आग्रह गरेपछि शुक्रबारलाई सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ ।

पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु शाहले आफूहरुले माओवादी परित्याग गरी एमाले प्रवेश गरेको घोषणा नगर्दै सांसद पदबाट निकालिएको जिकिर गर्दै आफुहरुको सांसद पद कायम गरि पाउँ भनी सर्वोच्चमा रिट दायर गरेका छन् ।

शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा उनीहरुको रिटको पेसी तोकिएको थियो ।