काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना खोप लगाएको प्रमाण पत्र वितरण गर्दा शुल्क नलिन सम्बन्धित अस्पताललाई निर्देशन दिएको छ ।
आज सूचना जारी गर्दै मन्त्रालयले केही अस्पतालहरूले खोप लगाएको प्रमाण पत्र दिँदा शुल्क लिने गरेको जनगुनासो आएको भन्दै ती अस्पताललाई शुल्क नलिन निर्देशन दिएको हो ।
अहिले उपत्यकाका चार अस्पतालहरूले खोप लगाएको प्रमाण पत्र वितरण गरिरहेको छ ।
जसमा टेकु, पाटन, सिभिल र एपिएफ अस्पताल छन् ।
पछिल्लो समय विभिन्न देशहरूले बाहिरबाट आउने कामदार र नागरिकलाई खोप अनिवार्य गरेपछि अहिले खोप लगाएको प्रमाण पत्र लिनेको संख्या बढेको छ ।







प्रतिक्रिया