अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवाको भिडियो गाइजात्रा, कांग्रेसका शीर्ष नेता नै लजाए

देउवाको भिडियो गाइजात्रा, कांग्रेसका शीर्ष नेता नै लजाए


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा गर्दै उहाँको सचिवालयले सार्वजनिक गरेका भिडियोहरुप्रति नेपाली कांग्रेसकै नेताहरु नै लज्जित भएका छन् । महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले भिडियो तयारी रोक्न भनेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले केही दिनदेखि ‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने….’ शीर्षकमा विभिन्न भिडियो सामग्री साझा गर्ने गरेको थियो।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्रीको सचिवालयको कार्यलाई गार्इजात्राको संज्ञा दिनुभएको छ । ‘जीवनको हरेक क्षण देश, जनता र लोकतन्त्रका लागि समर्पण गरि जनताकाबीचमा स्थापित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाज्यूका बारेमा सामाजिक सञ्जालमार्फत सुरु गरिएको भिडियो गाई जात्रा तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालयलाई विशेष अनुरोध गर्दछु’, खड्काले ट्विट गर्नुभएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि प्रधानमन्त्री देउवाको प्रशंसा गर्दै भिडियो सामग्री बनाउने र सामाजिक सञ्जालमा राख्ने काम बन्द गर्न सचिवालयको ध्यानाकर्षण गराउनुभएको छ । ‘प्रधानमन्त्रीले काम गर्ने बेला हो यो। उहाँलाई सही सल्लाह र साथ दिने बेला हो। काम राम्रो भए जनता आफैले बनाउने छन् भिडियो नत्र पार्टीले बनाउला’, शर्माले भनेका छन्, ‘ पहिले फूल रोपौँ, गोडमेल राम्रो गरौँ, सुवास प्रकृतिले पछि फैलाउँछ।’