अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली पत्रकारिताको अनौठो नमूना गोरखापत्रमा : जसले आफूले आफैंलाई सम्पादक घोषणा गरे

नेपाली पत्रकारिताको अनौठो नमूना गोरखापत्रमा : जसले आफूले आफैंलाई सम्पादक घोषणा गरे


काठमाडौं- सरकार परिवर्तन भएसँगै सरकारी सञ्चार माध्यममा पनि अदल बदल सुरु भएको छ ।

सर्वोच्च अदालतको परमादेशले शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि गोरखापत्रमा सबैभन्दा ठूलो फेरबदल भएको छ । देउवाले शपथ लिएपछि गोरखापत्रका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र सम्पादक सल्लाहकार गोपाल खनालले राजीनामा दिनुभएको थियो ।

भण्डारी र खनालले नैतिकता देखाएर राजीनामा दिए पनि कांग्रेस सम्बद्ध कर्मचारीले अनौठो रवैया देखाएका छन् । गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक श्रीधर आचार्यलाई अवकाशको एक दिन अगाडि अपमानपूर्वक वर्खास्त गरिएको छ । आचार्य सेवा अवधि पूरा गरेर शनिबार अवकाश पाउँदै हुनुहुन्थ्यो ।

भण्डारीले राजीनामा दिएपछि तत्काल संस्थानको दैनिक प्रशासनिक काम चलाउन मन्त्रालयले शिवकुमार भट्टराईलाई निमित्त महाप्रबन्धको जिम्मा दिएको थियो । भट्टराईले निमित्त महाप्रबन्ध भए लगत्तै निमित्त प्रबन्ध सम्पादक जुनारबाबु बस्नेतलाई हटाउनुभएको थियो ।

कामचलाउ महाप्रबन्धक शिवकुमार भट्टराईले बिहीबार नै आचार्यलाई निमित्त प्रधानसम्पादकबाट हटाएको पत्र बनाएर आफैंलाई सो पदमा नियुक्त गर्नुभएको छ ।