अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जोरायल दर्शन गर्दाको त्यो सम्झना

जोरायल दर्शन गर्दाको त्यो सम्झना


विगत केही वर्षदेखि सुदूरपश्चिमाञ्चल साहित्य समाज, धनगढी देश दर्शनको अभियानमा जुटिरहेको छ । यस समाजको महत्वाकाङ्क्षी योजना सुदूरपश्चिमको कला, संस्कृति र साहित्यलाई सुदूर पूर्व र विह्वभरका नेपालीहरू माझ पुर्‍याउने रहेको छ ।

अहिलेसम्म समाजले देश देशावरका विभिन्न ठाउँमा देश दर्शनका बाह्र वटा श्रृङ्खला पूरा गरिसकेको छ । देश दर्शनको तेह्रौ श्रृङ्खला अन्तर्गत २०७४ कात्तिक २५ गते हामी डोटीको जोरायल प्रस्थान गर्‍यौं । सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीको नेतृत्वमा सम्पन्न भएको यस यात्रामा करिब ५० जनाजति रङ्गकर्मी, कलाकर्मी र साहित्यकर्मी सहभागी थिए । यात्राका लागि बिहान ८ बजे समाजको प्राङ्गणमा भेला हुने र त्यहीं रिजर्भ गरिएको बस आइपुग्ने जानकारी गराइएको थियो । निर्धारित समय र स्थानमा पुग्दा मभन्दा अगाडि दुर्गा मल्ल मात्र आउनु भएको रहेछ । एकछिनपछि टी. आर. पाठक, दलबहादुर बोगटी र रूपा स्वार आउनुभयो । ११ बजेसम्म सहभागीहरूको आगमनको प्रतीक्षा गर्दा गर्दै बित्यो । साढे १० बजे अध्यक्षको आगमन हुनु अघि ठाकुर ढुङ्गेल सर पुगिसक्नु भएका थियो । बल्लतल्ल ११ बजेतिर हाम्रो बस साहित्य समाजको प्राङ्गणबाट प्रस्थान गर्‍यो । सीताराम भट्ट डिभोटी होटलबाट चढ्नुभयो । चौराहामा पुनर्वासबाट आउने भुलिया रानाको होरी टिमको प्रतीक्षामा पनि केही समय पर्खनु पर्‍यो । बोराडाँडीबाट महासचिव हरिकृष्ण कडायत र सदस्य सुधा चाड सहभागी भए । श्रृङ्गार प्रसाधनमा सचेत गायिका नृत्याङ्गना सुधाजी चढेपछि अत्तरको बास्नाले बसै हरर भयो । कञ्चनपुरका केही साथीहरू चौराहा र केही अत्तरियाबाट सम्मिलित भएपछि बस खचाखच भरियो । सिटभन्दा मान्छे बढी भएपछि दुर्गालक्ष्मी माध्यमिक विद्यालयसित दुईवटा बेन्च मागेर रामबहादुर साउँद, तोयनाथ भट्ट जस्ता युवाहरू बेन्चमै आसीन भए ।

जोरायलको हावापानीमा मात्र उब्जने जोरायल बास्मती देशभरि नै प्रसिद्घ मानिन्छ । धान, गहुँ, मकै आदि अनाजहरूको उब्जनीले यो ठाउँ खाद्यान्नमा आत्मनिर्भर बनेको देखिन्छ । कागती, अमिलो तथा बदाम जस्ता नगदे बालीको उत्पादनले यहाँका मानिसहरूको आयस्रोत बढाउन मद्यत पुर्‍याएको पाइन्छ । ‘भितर जोराइल्या गेडी न मेडी, भाइर जोराइल्या नेडी न टेडी’ भन्ने भनाइ रहे पनि ठाउँ जस्तै यहाँका मानिसहरू पनि सरल, मिलनसार र आत्मीय रहेछन् ।

जोरायल धनगढीबाट १०८ किलोमिटर दूरीमा पर्दो रहेछ । जोरायल जानेबाटो भीमदत्त राजमार्गको बुडरबाट छुट्टिदो रहेछ । धनगढीबाट बुडरसम्मको ८० किलोमिटर बाटो सुविधाजनक नै भए पनि बुडरदेखि जोरायलसम्मको २८ किलोमिटर बाटो भने कच्ची, साँघुरो र जोखिमपूर्ण रहेछ । सुदूरपश्चिम यातायातले धनगढी जोरायल सार्वजनिक बस सञ्चालन गरेको भए पनि स्थानीयहरू बुडरबाट जिपमा यात्रा गर्न रुचाउँदा रहेछन् ।मोडहरूमा त चालकले अगाडिको बाटो हेर्न बस पछाडि गर्नुपर्दो रहेछ । २०७१ असोज २० गतेका दिन यही मार्गमा पर्ने कठपतेमा बस दुर्घटना भएर २९ जनाले ज्यान गुमाउनुका साथै ६८ जना घाइते भएको थाहा पाएपछि हाम्रो मुटु जोरायलसम्म ढुकढुक गरिरह्यो । अघिल्लो दिन कलेजमा विद्यार्थीलाई जोरायल जाने कार्यक्रम रहेकोले म भोलि आउँदैन होला है भन्दा जोरायल निवासी छात्रा कुन्ती रावलले सर बुडरबाट जिपमा जानुहोला है भनेको कुरा जोरायल पुग्दासम्म कानमा गुन्जिरह्यो ।

तोयनाथ, रामबहादुर, अछामी रेखा थापा, अनि चस्मावाली बैसालुहरुले हाँसोठट्टा एवम् दोहोरी खेलेर यात्रालाई स्मरणीय बनाउन सहयोग गरे । धनगढीबाट सुरु भएको तोयाको वाद्यवादन र रामबहादुरको गायन पूरै एक दिन र एक रातसम्म चल्यो । हामी अत्तरिया पुगुन्जेलसम्म अपराह्नको एक बजिसकेको थियो । समय छँदै जोरायल पुगेर ड्यौडा खेल्ने योजना बनेको भए पनि अपराह्न पाँच बजे मात्र चनकट्टे पुगियो । चनकट्टेमा एक घण्टाजति चिया नास्तासँगै ड्यौडा खेलेपछि सबैजना बस्नका लागि प्रबन्ध मिलाइएको श्री शिवपुर माध्यमिक विद्यालय तर्फ प्रस्थान गरे । आयोजकले कार्यक्रमका मुख्य अतिथि लोकप्रिय गायक नरेन्द्रराज रेग्मी र मलाई चनकट्टेकै होटलमा वास बसाले । हामीहरुको आग्रहमा हरिकृष्ण कडायत पनि त्यहीं बसे । जोरायल मधुपान निषेधित क्षेत्र रहेछ । साथीहरु भने थकाइ मेटाउन पाए हुन्थ्यो भन्ने मनस्थितिमा थिए । ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनेजस्तै होटलका साहुजी र समाजसेवी मल्लजीको सौजन्यबाट थकाइ मेटाउने उपाय पनि निस्किहाल्यो ।

जोरायलमै भीमसेन र जरासन्ध बीच लडाइँ पनि भएको थियो । जरासन्धसित युद्घ हुनु पूर्व भीमसेनले युद्घाभ्यासका क्रममा तरवारले छिनालेर दुई टुक्रा बनएको विशाल पत्थरलाई भीमशीला भनिँदो रहेछ । पाण्डवहरू जुन शीलामा बसेर छलफल तथा विमर्श गर्थे, त्यसलाई पाण्डवशीला भनिदो रहेछ ।

जोरायल चारैतिरबाट डाँडाले घेरिएको सुन्दर उपत्यका रहेछ । मलाई पूर्वाधार निर्माण हुन सके जोरायल पोखरा र काठमाडौं भन्दा पनि रमणीय ठाउँजस्तो लाग्यो । यहाँको सुन्दरताबाट मुग्ध भएका ढुङ्गेल सरले यसलाई ७ नं. प्रदेशको राजधानी बनाउने उद्घोष गरे । मैले मनमनै ढुङ्गेल सरलाई यस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरिदिएँ । भौगोलिक तथा प्राकृतिक दृष्टिले जोरायल पक्कै पनि कान्छी नेपाल हो भन्नेमा सबैको सहमति देखियो । उपत्यका भएर बग्ने तीनवटा नदी (खोला) हरूले यसको सुन्दरता र उर्वरता प्रबद्र्घनमा सघाएका रहेछन् । प्राकृतिक र भौगोलिक दृष्टिले मात्र होइन, ऐतिहासिक दृष्टिले पनि जोरायल महत्वपूर्ण ठाउँ रहेछ ।

प्राचीन कालमा जोरायल ठूलो पोखरी थियो रे ! वनवास कालमा पाण्डवहरुले वाण हानेर नखुबाट यहाँको पानी निकास गरी चौडेथलामा बसेका हुन् भन्ने जोराइलीहरूको मान्यता रहेछ । यहाँ रहेका भीमशीला, पाण्डवशीला, द्रौपही चौतारो, द्रौपदी न्वालो आदि ऐतिहासिक- पुरातात्विक महत्वका अवशेषहरूले पनि जोरायलवासीहरूको कथन साँचो हो जस्तो प्रतीत भयो । जोरायलमै भीमसेन र जरासन्ध बीच लडाइँ पनि भएको थियो । जरासन्धसित युद्घ हुनु पूर्व भीमसेनले युद्घाभ्यासका क्रममा तरवारले छिनालेर दुई टुक्रा बनएको विशाल पत्थरलाई भीमशीला भनिँदो रहेछ । पाण्डवहरू जुन शीलामा बसेर छलफल तथा विमर्श गर्थे, त्यसलाई पाण्डवशीला भनिदो रहेछ । जुन चौतारामा द्रौपदी बस्थिन्, त्यसलाई द्रौपदी चौतारो र उनले नुहाउने कुवालाई द्रौपदी न्वालो भन्दा रहेछन् । पाण्डवहरुले आवतजावत गर्ने क्रममा प्रयोग गरेको ढुङ्गे रथका चक्काहरुको अवशेषले पनि जोरायलको ऐतिहासिक तथा पौराणिक महत्वलाई दर्साउँछ । जोरायल उपत्यका भित्रका कुमकट्टे, चनकट्टे आदि ठाउँहरूको नाम पनि पौराणिक आधारमै रहन गएको विश्वास गरिन्छ । भीमसेनले जुन ठाउँमा जरासन्धका कुम अर्थात् पाखुरा काटे त्यसलाई कुमकट्टे र जुन ठाउँमा चानो अर्थात् निधार छिनाले त्यसलाई चनकट्टे भन्दा रहेछन् ।

कागती, अमिलो तथा बदाम जस्ता नगदे बालीको उत्पादनले यहाँका मानिसहरुको आयस्रोत बढाउन मद्यत पुर्‍याएको पाइन्छ । ‘भितर जोराइल्या गेडी न मेडी, भाइर जोराइल्या नेडी न टेडी’ भन्ने भनाइ रहे पनि ठाउँ जस्तै यहाँका मानिसहरू पनि सरल, मिलनसार र आत्मीय रहेछन् ।

जोरायलको किवदन्ती पाण्डवहरुसित मात्र सम्बन्धित नभएर जरा नामकी राक्षसी र शक्तिशाली राजा जरासन्धसित पनि जोडिएको पाइन्छ । पुराण प्रसिद्घ वीर जरासन्ध यहीं बसेर राज्य गर्दथ्यो भन्ने जोरायलवासीहरुको कथन सुनिन्छ । जोरायलको नाम नै जरासन्धबाट रहन गएको हो भन्ने यहाँका मानिसहरुको भनाइ छ । मलाई के लाग्छ भने यदि जोरायलको नाम जरासन्धबाट रहेको हो भने जरासन्धायल हुनुपर्ने ! जरासन्धसित सम्बन्धित जरा नामकी पौराणिक पात्र पनि छे । कदाचित् जोरायलको नाम जरासन्धबाट नरहेर जराबाट जरायल हुँदै जोरायल रहन गएको हो कि ! महाभारतमा जरासन्धलाई मगध राज्यको अत्यन्त शक्तिशाली राजाका रूपमा वर्णन गरिएको पाइन्छ । मगध राज्यका राजा बृहद्रथ धर्मपरायण, प्रजापालक र पराक्रमी थिए । उनको विवाह काशी नरेशका दुईवटी राजकुमारीहरूसित भए पनि सन्तान थिएनन् । पुत्रेष्टि यज्ञ गर्दा समेत निसन्तान रहेका बृहद्रथले एक दिन चण्डकौशिक ऋषि नगरभित्रको चौतारामा आएर बसेका छन् भन्ने थाहा पाए । रानीहरूसहित राजाले ऋषिको दर्शन र सत्कार गर्दै आफू पुत्रविहीन बन्नु परेको दुखेसो पोखे । त्यसैबेला रुखबाट रसिलो फलको दाना खस्यो । ऋषिले उक्त फल अभिमन्त्रित गरी राजालाई दिदै पुत्र प्राप्तिको वरदान दिए । राजाले उक्त फल दुवै रानीहरूलाई आधाआधा बाँडे । ऋषिको वरदानले रानीहरूको गर्भ बस्यो । समय पुगेपछि दुवै रानीहरूले आधाआधा जिउको शिशुलाई जन्म दिए । रानीहरूको खुसी एकै छिनमा ओइलायो । आधा शरीरका बालकहरूलाई पालेर के गर्ने ? भन्दै रानीहरूले दुवै बालकलाई फाल्न लगाए । मगध राज्यको सीमाभित्रै जरा नामकी राक्षस्नी पनि बस्थी । आहार बनाउने उद्येश्यले ती बालकहरूलाई अङ्गालोमा बेरेर ऊ ओढारतर्फ लागि । अङ्गालोमा वेरिएका बालकहरूको शरीर आपसमा जोडिना साथै त्यो गर्जनासाथ रुन थाल्यो । जराले उक्त बालक राजा बृहद्रथको पुत्र हो भन्ने थाहा पाएपछि दरवारमा लगेर बुझाइ दिई । राजाले जराद्वारा सन्धित अर्थात् जोडिएको हुँदा उक्त बालकको नाम जरासन्ध राखिदिए । त्यही जरासन्ध महाभारत कालमा महापराक्रमी राजा बन्यो । उसले सयौं राजाहरूलाई बन्दी बनाएर कारागारमा थुन्यो । पछि राजा युधिष्ठिरले अश्वमेध यज्ञ गर्नु पूर्व भगवान कृष्णका प्रेरणाले भीमसेनद्वारा जरासन्धको वध गरियो ।

सुन्दर र रमणीय जोरायलको माटो उब्जाउ पनि रहेछ । उपत्यका भएर बग्ने तीनवटा साना साना नदीहरुले सिँचाईको सुविधा प्रदान गरेका रहेछन् । जोरायलको हावापानीमा मात्र उब्जने जोरायल बास्मती देशभरि नै प्रसिद्घ मानिन्छ । गहुँ, मकै आदि अनाजहरूको उब्जनीले यो ठाउँ खाद्यान्नमा आत्मनिर्भर बनेको देखिन्छ । कागती, अमिलो तथा बदाम जस्ता नगदे बालीको उत्पादनले यहाँका मानिसहरूको आयस्रोत बढाउन मद्यत पुर्‍याएको पाइन्छ । ‘भितर जोराइल्या गेडी न मेडी, भाइर जोराइल्या नेडी न टेडी’ भन्ने भनाइ रहे पनि ठाउँ जस्तै यहाँका मानिसहरू पनि सरल, मिलनसार र आत्मीय रहेछन् । वयोवृद्घ उमेरका शिवपुर माध्यमिक विद्यालय सञ्चालक समितिका अध्यक्ष दलबहादुर साउँद तथा त्यसै विद्यालयका प्रधानाध्यापक लोकराज जोशीको खटनपटन र अतिथि सत्कार अनुकरणीय एवम् उदाहरणीय थियो । लोकप्रिय छन्दकवि निर्मलकुमार भण्डारीको जन्मभूमिका मानिसहरू उनका कविता जस्तै मिठा, रसिला र आत्मीय हुने नै भए । सेती महाकाली घण्टेश्वर क्याम्पसले पनि हाम्रो आदर, आतिथ्य र सत्कारमा कमी हुन दिएन ।

कत्तिक २६ गतेका दिन सिलिङ्बागमा जोरायल साहित्य महोत्सवको आयोजना गरियो । बिहान जोरायलका दर्शनीय स्थलहरूको भ्रमण र अवलोकन गर्दै खाना खाएर लगभग दुई बजेपछि कार्यक्रम सुरु भयो । दर्शक तथा श्रोताहरूको उल्लेख्य एवम् उत्साहजनक उपस्थितिले कार्यक्रम भव्य, सभ्य र सफल हुने निश्चित जस्तै भयो । हजारौं मानिसहरुको स्वस्फूर्त उपस्थितिले कलाकारहरू उत्साहित थिए भने आयोजकहरू दङ्ग परे । दर्शकहरूको सहभागिता जुटाउनमा जोरायलका युवा साहित्यकार तीर्थ भट्ट र लेखक संघ डोटीका अध्यक्ष फणेन्द्र साउँदको संयोजकीय भूमिका छ भन्ने थाहा पाउँदा खुसी लाग्यो । जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्ष जमुना बोहराको उपस्थितिले जोरायल साहित्य महोत्सवलाई गरिमामय बनाउन मद्यत पुर्‍यायो । कार्यक्रमको उद्घाटन र मन्तव्य पश्चात् जोरायलका स्थानीय र धनगढी महेन्द्रनगरबाट गएका प्रतिभाहरुले आ-आफ्नो प्रस्तुति पस्के । पहाडमा पहिलो पटक तराईका रानाहरूको होरी नृत्य प्रस्तुत गरियो । अछामी रेखा थापाको प्रस्तुति गरमागरम रह्यो । लगभग पाँच बजेतिर कार्यक्रमको बिट मार्‍यौं । कार्यक्रम समापन भएलगत्तै धनगढी महेन्द्रनगरका लागि कुच गर्‍यौं। बुडरसम्म फेरि तोया, रामबहादुर, रेखा थापाहरू घन्किए भने चस्मावाली, रोजी सिंह र हेमन्ताहरू रन्किए ।

बुडर पुगुन्जेल रातिको आठ बजिसकेको थियो । बुडरमा हेमन्ता शर्मा र गौरी ओली लघुशङ्काका लागि निस्केछन् । लघुशङ्का गर्न नपाउँदै गौरी सडक किनारको ढुङ्गे डिलबाट खसिछन् । सडकबाट आठ दस फिट तल झरेपछि उनी त बेहोसै भइहालिन् । फूर्तिला रामबहादुरले उद्यार गरेर उनलाई गाडीमा पुर्‍याए । हासो ठट्टाले रमणीय बनेको वातावरण तनाव र उकुसमुकुसपूर्ण बन्यो । गौरीलाई पद्मा अस्पताल, अत्तरियामा जचाँउने उद्यश्यले हतारहतारमा त्यहाँबाट हिँड्यौं । अत्तरिया पुग्दासम्म उनी सामान्य अवस्थामा पुगिसकेकी थिइन् । अस्पताल नगएर घर जाने इच्छा प्रकट गरेपछि उनलाई मालाखेती छोडेर आयौं । त्यतिखेर नरमाइलो लागे पनि आजभोलि गौरीलाई देख्नेबित्तिकै मेरा मनमा बुडरको घटना ताजा भएर आउँछ र सोध्न मन लाग्छ ।