अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

गायक जेबी टुहुरे अस्पताल भर्ना

गायक जेबी टुहुरे अस्पताल भर्ना


काठमाडौं- पूर्वसांसदसमेत रहनुभएका प्रगतिशील गायक जेबी टुहुरे बिरामी हुनुभएको छ । अहिले उहाँ बल्खुस्थित बयोधा अस्पतालको सीसीयू कक्षमा उपचाररत हुनुहुन्छ ।

७६ वर्षीय टुहुरे मंगलबार दिउँसो कलंकीमै अचानक बेहोस भएर लडेपछि अस्पताल भर्ना गरिएको हो।

२०२४ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो।

सुनसरीको धरान घर भएका उहाँ दोस्रो संविधान सभामा तत्कालीन एकीकृत नेकपा माओवादीबाट समानुपातिक सभासदसमेत हुनुभउको थियो ।