अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिमका १६ सांसद माधव नेपालको नयाँ पार्टीमा नजाने

सुदूरपश्चिमका १६ सांसद माधव नेपालको नयाँ पार्टीमा नजाने


धनगढी– सुदूरपश्चिम प्रदेश सभाका दुई सदस्यबाहेक नेकपा एमालेका बाँकी सासंद माधव नेपालको नयाँ पार्टी एमाले समाजवादीमा नजाने भएका छन् । सुदूरपश्चिममा पूर्णा जोशी र माया भट्टले मात्र माधव नेपालको पार्टी रोज्नुभएको छ ।

जोशी हाल सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानून मन्त्री हुनुहुन्छ । भेट्टले हाल पूर्वउद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिरहनुभएको छ ।

यसअघि नेपाल पक्षमा रहेका अन्य १६ जना सासंद भने तत्काल नयाँ पार्टीमा प्रवेश गरेका छैनन् ।

केन्द्रमा भीम रावल तटस्थ बसेकाले सुदूरपश्चिम प्रदेशमा यसअघि माधव नेपालनिकट रहेका अधिकांश सासंद पनि तत्काल एमाले नछोड्ने अडानमा छन् ।

सुदूरपश्चिममा एमालेका २५ जना सांसद रहेकामा यसअघि ७ जना ओली र १८ जना माधव नेपाल पक्षमा रहनुभएको थियो ।