काठमाडौं- मस्तिष्कघात भएपछि उपचार गराइरहनुभएका प्रगतिशील गायक जुठबहादुर खड्गी (जेबी टुहुरे)को स्वास्थ्य गम्भीर भएको छ ।
मंगलबार काठमाडौंको कलंकीमा अवस्थित निजी निवासमा एक्कासी लडेपछि बल्खुस्थित बयोधा अस्पतालको सिसियू कक्षमा भर्ना गरिएका टुहुरेको अवस्था गम्भीर रहेको चिकित्सकहरुले जनाएका छन् ।
मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घ रोगी समेत रहनुभएका ७८ वर्षीय टुहुरेलाई अप्रेसन गर्न जोखिमपूर्ण रहेकाले औषधिको माध्यमबाट उपचार जारी राखिएको उपचारमा संलग्न वरिष्ठ न्युरोलोजिस्ट डा. सामर्थ सिंहले बताउनुभयो ।






प्रतिक्रिया