काठमाडौं– पूर्वमन्त्री एवं एमाले केन्द्रीय सदस्य गोकुल बास्कोटाले माधवकुमार नेपाल समूहको चन्द्रागिरि एकान्तवासलाई ब्यंग्य गर्नुभएको छ ।
नेकपा (एकीकृत समाजवादी)का नेताहरु चन्द्रागिरिमा रात बिताउन गएकै दिन सोमबार साँझ बास्कोटाले भन्नुभएको छ, ‘मलाई पनि चन्द्रागिरि जाम जाम लाग्या’थ्यो, निम्तै दिएनन् ! कस्ता हाँडीघोप्टे रै’छन्, बाक्लो दाल खाँदा पनि लुकेर खाने ? भो आफू त गहतकै झोल खाइन्छ। किड्नीलाई राम्रो गर्छ रे।’
निर्वाचन आयोगमा नयाँ पार्टीका लागि सनाखत गर्ने प्रयोजनका लागि नेपाल समूहको भेला चन्द्रागिरिमा भएको हो ।






प्रतिक्रिया