अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुलमानको नियुक्तिसम्बन्धी मिसिल झिकाउन सर्वोच्चको आदेश

कुलमानको नियुक्तिसम्बन्धी मिसिल झिकाउन सर्वोच्चको आदेश


ण्काठमाडौं– सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा मिसिल झिकाउन आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले आज मिसिल कागज झिकाउन आदेश दिएको हो । सरकारले हितेन्द्रदेव शाक्यलाई उर्जा आयोगमा लैजाने गरी घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो ।

त्यसविरुद्ध शाक्यले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।