काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले) को विभाजन अपजसबाट जोगिन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आरोप प्रत्यारोपमा उत्रिनुभएको छ ।
नेपालको आरोप एमाले अध्यक्ष ओलीविरुद्धमात्रै छैन, एमालेमा रहँदाका सहयात्री दोस्रो पुस्तासँग पनि उत्तिकै छ । नेपालले ओलीलाई लोकतन्त्रविरोधी र प्रतिगमनको मतियार भन्न थाल्नुभएको छ ।
नेकपा समाजवादीका अध्यक्ष नेपालले शनिबार नै पेशागत महासंघ वागमती प्रदेश कमिटीद्वारा आयोजित ललितपुर जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
नेता नेपालले भीम रावलसहितको दोस्रो पुस्ताले धोका दिएको र डमी पार्टीहरु उनीहरुकै बलमा दर्ता भएकोसमेत उल्लेख गर्नुभएको थियो ।






प्रतिक्रिया