अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाललाई योगेश भट्टराईको कटाक्ष– लु अध्यक्ष बनाएर देखाइदिनु न त !

माधव नेपाललाई योगेश भट्टराईको कटाक्ष– लु अध्यक्ष बनाएर देखाइदिनु न त !


काठमाडौं– दोस्रो पुस्तालाई अध्यक्ष दिन तयार रहेको बताउने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेकपा एमालेका सचिव योगेश भट्टराईले कटाक्ष गर्नुभएको छ ।

भट्टराईले आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुनेथियो भन्दै नेपाललाई कटाक्ष गर्नुभएको छ । ‘राम्रो कुरा हो, स्वागत गर्दछु । आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने थियो,’ योगेशको ट्वीट छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफूलाई छाडेर एमालेमै बसेका दोस्रो तहका १० जना स्थायी कमिटी सदस्यप्रति नेताप्रति आक्रामक रुपमा प्रस्तुत भएर आफूलाई दोस्रो पुस्ताले घचेटेर अघि बढाएको र पार्टी फुटाउने बेला भागेको आरोप लगाएपछि भट्टराईले यसको प्रतिवाद गर्नुभएको हो ।