अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजेन्द्र पाण्डेको सपनामा ईन्द्र बानियाँ बाधक !

राजेन्द्र पाण्डेको सपनामा ईन्द्र बानियाँ बाधक !


काठमाडौं– नेकपा एकीकृत समाजवादीले वाग्मती प्रदेशको मुख्यमन्त्री दाबी गरेलगत्तै कांग्रेस प्रदेश संसदीय दलका नेता ईन्द्र बानियाँले आपत्ति जनाउनुभएको छ ।

नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएको छ ।

पाण्डेले पार्टीले आफूलाई नै अगाडि सारेको र सत्तारुढ गठबन्धनमा पनि आफू सबैको सहमतिको उम्मेदवार भएको बताउनुभएको थियो ।

तर, बानियाँले पनि मुख्यमन्त्री कसैलाई दिने सहमति नभएको जिकिर गर्नुभएको छ । ‘त्यस्तो सहमति भएको मलाई जानकारी छैन,’ उहाँले भन्नुभयो ।

बानियाँले प्रदेश १ र बागमती दुवैमा एकीकृत समाजवादीको दाबी स्वभाविक लिन नसकिने बताउनुभएको छ ।

१०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ मध्ये १२ जनाले समाजवादी रोजेका छन् ।